गृहपृष्ठ Featured सकियो नेपाल किसान ट्रेक्टर समितिको १९औं वार्षिक साधारण सभा

सकियो नेपाल किसान ट्रेक्टर समितिको १९औं वार्षिक साधारण सभा

बाणगंगा ।

नेपाल किसान ट्रेक्टर समितिको १९औं वार्षिक साधारण सभा शनिबार सकिएको छ । उक्त कार्यक्रम समितिको बाणगंगा नगरपालिका ८ पुलचोकमा अवस्थित कार्यालयमा सम्पन्न भएको हो ।

नेपाल किसान ट्रेक्टर महासंघका केन्द्रिय कोषाध्यक्ष शिव गिरिले सरकारको नितिका कारण करडौ रुपैयाँको गिट्टी बालुवा बगेर भारत गएको बताए । बर्खाको समयमा गिट्टी बालुवा निकाल्न नदिदा बर्षाको भेल सङ्गै मुल्यवान नदिजन्य पदार्थ बगेको उनले बताए ।

नेपाल ट्रेक्टर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुर्वकुमार धितालले तराईमा खेत जोत्न मात्र नभएर पहाड र हिमालमा सामान बोक्न पनि ट्रेक्टरको भुमिका महत्वपूर्ण रहेको बताए । सरकारकै नितिका कारण ट्रेक्टर व्यवसायी मारमा परेको उनले दाबी गरे ।

समितिका अध्यक्ष शंकर पौडेलले अध्यक्षको प्रतिवदेन राख्दै कृषि पेशालाई आधुनिकिकरण गर्नको लागि ट्रेक्टरको प्रयोगलाई व्यवस्थित गराउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा समितिका महासचिव झविन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु गिरीले आर्थिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष बेचन यादवले दुर्घटना प्रतिवेदन र लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित् समाचार