गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा सोमबार भोलि विदा (सुचनासहित)

कपिलवस्तुको शिवराजमा सोमबार भोलि विदा (सुचनासहित)

वैखरी अनलाईन, शिवराज ।

कपिलवस्तुको शिवराज नगरपालिकाले सोमबार भोलि बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको हो ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको नगरप्रमुख अजय थापाले वैखरीलाई बताए ।

पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको उनले जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

‘मिति २०८०र१०र०८ गते सोमबारको दिन मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम रहेको साथै रामको विवाह नेपालकी छोरी सीतासँग भएको हुँदा उक्त दिन गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको बिक्री वितरण कार्य नगरी दिनुहुन यहाँका सबै सरोकारवालाहरुलाई यसै सूचनाद्वारा सूचित गर्दै उक्त दिन यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु ९अति आवश्यक बाहेक० र शैक्षिक संस्थाहरुलाई स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ उक्त सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ जारी सुचना

यससंगै कपिलवस्तुका ४ पालिकामा भोलि सोमबार विदा हुने भएको छ ।

सम्बन्धित् समाचार