गृहपृष्ठ Featured पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रामपुर ।

पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको जनाइएको छ । शव परीक्षण लागि रामपुर अस्पताल लगिएको छ ।

सम्बन्धित् समाचार