गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंमा गणेश क्षेत्रीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पौडेल उठने

कपिलवस्तु उद्योग बाणिज्य सघंमा गणेश क्षेत्रीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पौडेल उठने

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको आसन्न निर्वाचनमा गणेश बहादुर क्षेत्रीको नेतृत्वमा रहेको ब्यवसायिक प्यानलबाट हुमनाथ पौडेल बरिष्ठ उपाध्यक्ष पदमा उठने निर्णय भएको हो । आज बसेको यस क्षेत्रका लोकप्रिय ब्यवसायीहरुको नेतृत्वको बैठकले पौडेललाई बरिष्ठ उपाध्यक्ष पदमा उठाउने निर्णय भएको हो ।

हुमनाथ पौडेल कपिलवस्तु उद्योग बाणिज्य सघंमा यसअघि उद्योग तथा बाणिज्य दुवैतर्फ उपाध्यक्ष पदमा रही जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ ।

लोकप्रिय ब्यवसायी पौडेल बरिष्ठ उपाध्यक्ष पदमा उठने भएपछि ब्यवसायीहरु पनि खुशी भएका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंमा सहमति गरेर अगाडी बढने निर्णय अनुसार पौडेललाई बरिष्ठ उपाध्यक्ष पदमा उठाउने निर्णय भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष यज्ञ भट्टराईले जानकारी दिए ।

पौडेल बरिष्ठमा उठने भएपछि कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावी माहोल अझै तात्ने देखिएको छ । ब्यवसायीक प्यानलबाट वस्तुगत उपाध्यक्षमा शालिकराम भुुसाल र एसोसिएट उपाध्यक्षमा रामजि सेनलाई उठाउने निर्णय भइ सकेको अर्का पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले वैखरीलाई जानकारी दिए ।

सघंको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन यही माघ २३ गते हुदैछ ।

सम्बन्धित् समाचार