गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा मृतक ब्यवसायी थारुको परिवारलाई आर्थिक सहयोग

कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा मृतक ब्यवसायी थारुको परिवारलाई आर्थिक सहयोग

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उधोग वाणिज्य संघका सदस्य तथा हाट बजार ब्यवसायी गणेश थारुको निधन भएपछि संघले परिवारलाई आर्थिक सहयोग गरेको छ ।

 

कपिलवस्तु उद्योग बाणिज्य सघंले संघको अक्षय कोष मार्फत मृतक गणेश थारुको श्रीमतीलाई अध्यक्ष डोलकराम घिमिरेले सहयोग स्वरुप पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य सघंका पदाधिकारी, हाटबजार समितिका अध्यक्ष तथा पदाधिकारी तथा ब्यवसायीहरुको उपस्थितिमा उक्त राहत प्रदान गरिएको हो । मृतक थारुको परिवार हाटबजार व्यवसायी समेत रहेको छ ।

 


संघमा आवद्ध सदस्य वा सदस्यको परिवारमा आउन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै संघले अक्षकोष स्थापना गरेको छ । घिमिरेको नेतृत्वमा रहेको कार्यसमितिले केहि दिन अघि मात्र अक्षकोषमा २१ लाख रुपैयाँ थप्दै सघंको अक्षय कोषलाई ४१ लाखको पु¥याएको छ । सघंले ब्यवसायीको भवितब्य घटना , आगलागी तथा आर्थिक अवस्था कमजोर भइ परि आउदा सहयोग गर्दै आएको छ ।

सम्बन्धित् समाचार