वैखरी अनलाईन, बाणगंगा ।
गैडे सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको वन क्षेत्रको निरिक्षण गरिएको छ । शनिबार प्रदेश वन निर्देशनालय बुटवलका वन निर्देशक दधिलाल कँडेलसहितको टोलीले वन क्षेत्रको निरिक्षण गरेको हो । सो क्रममा वन निर्देशक दधिलाल कँडेलले वनले वन संरक्षण र संवर्दनमा उत्कृष्ट काम गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजनाको परिधीमा रही हाल भईरहेको पुनरुत्पादन कटान, विगत बर्षहरुको पुनरुत्पादन प्रवर्धन, झाडी सफाई लगायतका कामहरु समूहले आफ्नै सक्रियतामा गरेको देखिएको उनले बताए । उनले समग्रमा वन व्यवस्थापन तथा समूह व्यवस्थापनको काम उदाहरणीय भएको उनको भनाई छ ।

उनले आगामी दिनमा पनि वनले स्वीकृत वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनमा पुर्ण सफलता प्राप्त गर्ने विश्वास समेत व्यक्त गरे ।
उक्त निरिक्षण टोलीमा वन निर्देशक कँडेलसहित डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरी प्रसाद पौडेल, वन अधिकृतहरु यादव सापकोटा र मरिच कुमार लामा तथा वनका पदाधिकारिहरुको सहभागिता रहेको थियो ।








