वैखरी अलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको निर्वाचनमा गणेश क्षेत्री बिजयी हुने एक सर्वेक्षणले देखाएको छ ।
सघंको क्षेत्रभित्र आज गरिएको एक सर्वेक्षणबाट कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा गणेश बहादुर क्षेत्री अध्यक्ष पदमा बिजयी हुने देखिएको हो । जसबाट कपिलवस्तु उद्योग बाणिज्य सघंको अवको नेतृत्वमा क्षेत्री आउने देखिएको छ ।
सो सर्वेक्षणबाट क्षेत्री न्यौपानेको साझा ब्यवसायी प्यानललाई बहुमत पाउने देखिएको हो ।
हरेक क्षेत्रका २० जना सदस्यबिचबाट गरिएको सर्वेक्षणबाट क्षेत्री नेतृत्वलाइ १४ मत मिलेको डाटाले देखाएको छ । जसमध्य त्यसमा केहीले रास्वपाका उम्मेदवारलाई मत दिने देखिएको छ ।
यद्यपि केही क्षेत्रगत सदस्यमा भने अर्का दावेदार मोहन न्योपानेको नेतृत्व सदस्य पदमा उठेका उम्मेदवार फराकिलो मत अन्तरबाट बिजयी हुने देखिएको छ ।
यता चुनावको लागि घरदैलो सकेको बताउँदै क्षेत्री प्यानलका ती नेताले भने ‘घरदैलोमा जाँदा संघको हितमा अध्यक्षविपक्षी प्यानलकाभन्दा पाका र अनुभवी रहेको अधिकांस ब्यवसायीले बताए । विपक्षी प्यानलले क्षेत्रीलाई टक्कर दिनसक्ने उम्मेदवार उठाउन नसक्नुको कारण पनि क्षेत्री र पौडेलको जितको कारण हो ।’
४ नम्बर क्षेत्रमै वडा अध्यक्षसमेत भइसकेका हुनाले क्षेत्रीलाई धेरैले विश्वास गर्ने वातावरण बनेको बताइन्छ । काँग्रेस, माओवादी, समाजबादी, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुको मत प्रभावित क्षेत्र पनि उद्योग बाणिज्य संघको मातहतको क्षेत्र रहेको हुनाले जित हासिल गर्ने निश्चित रहेको बताइन्छ ।
क्षत्री प्यालनको नेतृत्वको साझा व्यवसायी प्यानलका वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार हुन हुमनाथ पौडेल । पौडेल कपिलवस्तु उद्योग वाणिज्य संघको पूर्व उद्योग उपाध्यक्ष, पूर्व वाणिज्य उपाध्यक्ष रही कार्य गरी सकेका छन् । यस्तै पौडेल बाणगंगा मा.वि. लौगाईका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्रेसर व्यवसायी संघ कपिलवस्तु अध्यक्ष, कपिलवस्तु सञ्चार सहकारी (बुद्ध आवाज रेडियो, टेलिभिजन) का उपाध्यक्ष, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बोडगाउँ शाखा संयोजक, नव प्रभाव सामुदायिक वनका सल्लाहकाकार हुन् ।
क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका उद्योग उपाध्यक्ष उम्मेद्वार पूर्व उपाध्यक्ष, पूर्व कार्य समिति सदस्य युवा व्यवसायी खुमानन्द घिमिरे उद्योग उपाध्यक्ष पदका उम्मेद्वार हुन । घिमिरे कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष हुनुका साथै विभिन्न संघ संस्थामा कार्य गरी सकेका छन् ।
क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका वाणिज्य उपाध्यक्ष हुन घनश्याम अधिकारी । काष्ठ व्यसायी अधिकारीले पनि विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।
क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यालनका वस्तुगत उपाध्यक्ष हुन शालिकराम भुसाल । भुसाल संघका निवर्ततमान वस्तुगत उपाध्यक्ष रहनुका साथै मिल व्यवसायी समिति कपिलवस्तुका अध्यक्ष, लाली गुराँस सहकारी संस्था लि। का अध्यक्ष हुनुका साथै बाणगंगाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव भुसालमा छ ।
क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका एसोसिएट उपाध्यक्ष पदका उम्मेद्वार हुन व्यवसायी रामजी सेन । सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष, कपिलवस्तु सामुदायिक अस्पतालका पूर्व अध्यक्ष हुनुका साथै कपिलवस्तु विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।
क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलकी महिला उपाध्यक्ष हुन मिना पौडेल पोख्रेल । पौडेल संघकी कार्य समिति सदस्य सदस्य समेत हुन । पौडेलमा बाणगंगाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव छ ।
क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यालनका महासचिव उम्मेद्वार हुन् नवदत्त घिमिरे । घिमिरे संघमा दुई कार्यकाल सदस्य रही कार्य गरी सकेका व्यवसायी हुन् । घिमिरे लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष, ज्ञान पुञ्ज इंगलिस बोडिगंका पूर्व अध्यक्ष समेत हुन् । घिमिरेमा विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव समेत रहेको छ ।
क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका कोषाध्यक्ष पदका उम्मेद्वार हुन् युवा व्यसायी खेमलाल अधिकारी, अधिकारी संघका पूर्व कोषाध्यक्ष समेत हुन् । अधिकरीमा बाणगंगाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ ।
क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलका सचिव पदका उम्मेद्वार हुन् युवा व्यवसायी राजेश तिवारी । व्यवसायी तिवारीमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।
क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका सह कोषाध्यक्ष हुन् युवा व्यसायी बसन्त कँडेल । कँडेल संघका कार्य समिति सदस्य समेत हुन । कँडेलमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।
क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलका खुल्ला महिला सदस्य हुन विमला श्रेष्ठ । श्रेष्ठ संघका कार्य समिति सदस्य समेत हुन । खुल्ला महिला सदस्यहरुमा सिता पोख्रेल घिमिरे, लक्ष्मी गौतम गैरे रहेका छन् ।
यस्तै क्षेत्री नेृत्वको साझा व्यसायिक प्यालनका एसोसिएट तर्फका सदस्यका उम्मेद्वार हुन् युवा व्यसासायीद्धय लक्ष्मण भुसाल र मिन बहादुर थापा । युवा भुसाल र थापामा जिल्लाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ । भुसालमा संघमा एसोसिएट सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ ।
यस्तै क्षेत्री नेतृत्वका साझा व्यसायी प्यानलका क्षेत्रगत सदस्यहरुमा चारनम्बर क्षेत्र वाणिज्य सदस्य कृष्ण प्रसाद चालिसे, चारनम्बर क्षेत्र उद्योग सदस्य शिव प्रसाद सुवेदी । युवा व्यसायी चालिसे संघका कार्य समिति सदस्य समेत हुन् । चारनम्बरमा चालिसे र सुवेदी व्यससायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका अनुभव रहेको छ ।
बैरिया क्षेत्रगत सदस्य उम्मेद्वार हुन व्यवसायी विष्णु प्रसाद घिमिरे । घिमिरे संघको बैरिया उपसमिति संयोजक रही कार्य गरेको अनुभव रहनुका साथै बैरियामा व्यवसायीमाझ लोकप्रिय छन् ।
बनगाई क्षेत्रगत सदस्यमा कशेवराज बेल्बासे वाणिज्य तर्फ र रोशन बंजाडे उद्योग तर्फका उम्मेद्वार हुन् । बेल्बासे र बंजाडे बनगाईमा व्यवसायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका छन् ।
साझा व्यवसायिक प्यानलका गजेहडा क्षेत्र सदस्य वाणिज्यमा युवा व्यवसायी ऋषिराम थारु र उद्योग तर्फ सुरजमति रौतार थारु उम्मेद्वार हुन । ऋषिराम थारु बाणगंगा ४ का निवर्तमान वडा सदस्य जनप्रतिनिधि हुन । ऋषिराम र सुरजमिति थारुमा विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।
साझा व्यवसायिक प्यालनका पिपरा क्षेत्र सदस्य माधव आचार्य, कोपवा क्षेत्र तेज बहादुर थापा, बोर्डगाउँ क्षेत्र शान्त कुमार विसी (सन्तोष), ओदारी क्षेत्र, ऋषिराम सुवेदी, सन्त कुमार थारु पटना क्षेत्र सदस्य हुन् ।
क्षेत्रीले पनि चुनाव जितेमा संघलाई नयाँ उचाई दिने बताउँदै आएका छन् । मोहन न्यौपाने र स्वतन्त्र पार्टीका लक्ष्मण कँडेलले पनि चुनाव जित्ने दावी गरेका छन् । न्यौपानेले पनि गठबन्धनलाई तोड्दै जित हासिल गर्ने बताउँछन् । झिनो मतान्तरमा भए पनि आफू र अधिकांस आफ्ना उम्मेदवारले जित्ने न्यौपानेको दावी गरेका छन् ।








