गृहपृष्ठ Featured यश्वसीको शतकसंगै भारत ठूलो अग्रतातर्फ अग्रसर

यश्वसीको शतकसंगै भारत ठूलो अग्रतातर्फ अग्रसर

ओपनर यशस्वी जैसवालको शतकको मद्दतमा भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको आफ्नो दोस्रो इनिङ्समा ठूलो अग्रतातर्फ अग्रसर भएको छ ।

टेस्टको तेस्रो दिनको खेल समाप्त हुँदा भारतले दुई विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।

यससँगै भारतले ३ सय २२ रनको अग्रता लिएको छ । उसका लागि शुभमन गिल ६५ र कलदीप यादव तीन रन बनाएर खेलिरहेका छन् । यशस्वीले भने १ सय ४ रन बनाए र चोटका कारण रिटायर्ड हर्ट भए ।

त्यस अगाडि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा ३ सय १९ रन बनाएर अलआउट भएको थियो । एक समय छ विकेटमा २ सय ९९ रनको स्थितिमा रहेको इंग्ल्यान्डले त्यसपछि लगातार विकेट गुमाएको थियो ।

मोहम्मद सामीले त्यसमा ८४ रन दिएर चार विकेट लिए ।

सम्बन्धित् समाचार