कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने कपिलवस्तु आउँदै छन् ।

सभापति लामिछाने यहि फागुन १२ गते शनिवार कपिलवस्तु आउँन लागेका हुन् ।
जिल्लाको बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरङ्गशाला हुने खुला आमसभालाई सम्बोधन गर्न लामिछाने कपिलवस्तु आउँन लागेको विहिबार पत्रकार सम्मेलन गर्दै रास्वपा कपिलवस्तुले जानकारी दिएको हो ।
पार्टी सभापति लामिछाने कपिलवस्तु आउने भएकाले सम्पुर्ण जिल्लावासीलाई बुद्धरङ्गशालामा पुगेर कार्यक्रमलाई भब्य रुपमा सफल पार्न जिल्ला सभापति शिव कुमार सुवेदीले आह्वान गरेका छन् ।
उनले सो क्रममा सभापति लामिछानेले पार्टी स्थापनाको छोटो अवधिमै देशको चौथो पार्टी बनाउन सफल हुनु आफैमा चुनौतीको विषय भएको स्मरण गरे ।
उनले कार्यक्रममा २ सय भन्दा बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि रास्वपामा प्रवेश गर्ने कार्यक्रम समेत हुन सक्ने संकेत दिए । शुक्रबार साँझसम्म सम्पुर्ण तयारीको काम सकिने उनले बताए ।








