रूपन्देही ।
पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् ।
‘यो वा त्यो बहानामा आयोजनामा ढिलाइ गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलन्टियरली खटिन तयार छौं’, उनले भने ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ५ वर्षमा बनाइसक्ने लक्ष्यका साथ ६ अर्ब १८ करोड ७५ लाख लगानीको १० तले भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ १२ सय शय्या हुनेछ ।
उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेशका सांसद, एमाले नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले यो जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम सुरू गर्न पनि आग्रह गरे ।








