गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका लागि होटल व्यवसायी एकजुट

लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका लागि होटल व्यवसायी एकजुट

लुम्बिनी । 

लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका लागि होटल व्यवसायी एकजुट भएका छन् ।

उनीहरुले प्रोमोटिङ इच अदर ‘पर्यटन प्रवर्द्धनमा व्यवसायी’ अभियान थाल्नु पर्नेमा जोड दिएका छन् ।

मुलुकमा धेरै सम्भावना भएको पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेकाले आफैं अग्रसर हुनुपरेको उनीहरुले बताए । पर्यटनमा देखिएका समस्या समाधानकालागि रुपन्देहको बुटवलमा भेला भएका प्रदेशका विभिन्न जिल्लाका ठूला होटल लगानीकर्ताले पर्यटक आगमन सहज तुल्याउन माग गरे । त्यसकालागि भूमिका खेल्न सरकारसित अनुरोध गरे ।

नेपलीज होटेलियर्स एशोसिएसन लुम्बिनीमा आवद्ध व्यवसायीले व्यवसायलाई थप गुण्स्तरीय, व्यवस्थित र मर्यादित तुल्याउने उद्देश्यले आपसी भेटघाट र सहकार्यसाथ अघि बढेको बताए । एशोसिएसनका अध्यक्ष तथा बुटवलस्थित क्लब डेनेभो होटलका संचालक प्रवीणबहादुर पाठकले एक सयभन्दा बढी भाषा, विभिन्न जातजाति एवं परिकारको धनी मुलुकमा प्रत्येक वर्ष १० लाखमात्रै पर्यटक आउँदा खुसी हुनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए ।
सधैं १० लाखको नाराले खर्बौंको लगानी रहेको होटल व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनले बताए । मुलुकलाई सस्तो नभई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउन आफूहरु एकजुट बनेको उनले बताए ।

सम्बन्धित् समाचार