गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा नगरपालिकाद्धारा लोगो छनोट : यस्ता छन् लोगोका १३ विशेषताहरु

बाणगंगा नगरपालिकाद्धारा लोगो छनोट : यस्ता छन् लोगोका १३ विशेषताहरु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको लोगो छनोट गरेको छ । आईतबार बसेको कार्यपालिका बैठकले प्रकाश घिमिरेले निर्माण गरेको लोगो छनोट गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।

बाणगंगा नगरपालिकाले नगरपालिकाको लागो निर्माणका लागी सार्वजनिक अपिल गर्दै सहभागी हुन आह्वान गरेको थियो । जसमा ३२ जनाले डिजाईन प्रस्तुत गरेका थिए ।

छनोट भएको लोगोका १३ विशेषताहरु

१. बाणगंगाको नाम सहित जोडिएको बाणगंगा नदी
२. बाणगंगाको पहिचान सगँ जोडिएको नगरपालिकाले पहिचान गरेको नारा ।
३. बाणगंगाको क्षेत्रवाट रहेको पुर्व पश्चिक जोड्ने महेन्द्र राजमार्ग
४. सामाजिक समावेशीकरण र महिला पुरुषको समान सहभागीताको संकेत महिला पुरुषको हात ।
५. बाणगंगा नगरपालिकाको ११ वटा वडाहरुको संकेत गरीएको नक्सा
६. बाणगंगा नगरपालिकाको महत्वपुर्ण खेती धान,गहुँ, तोरी, मकै सुर्यमुखीको संकेत
७. नेपालको नक्सा,राष्ट्यि झण्डा र प्रदेशको नाम समेट समेटीएको ।
८. बाणगंगाको ब्यवथीत तथा ब्यवसायीक र आवास क्षेत्रको संकेत
९. बाणगंगा नगरपालिकाको ऐतीहासीक धार्मिक तथा पर्यटकीय क्षेत्रको संकेत
१०. बाणगंगा नगरपालिकको उर्वरभुमि
११. थारु संस्कृति झल्कने ढकीयाको संकेत
१२. बाणगंगा ऐतीहासीक पर्यटकीय क्षेत्रको प्रतिनिधीत्व गर्ने पार्क
१३. बाणगंगा नगरपालिकाको महत्वपूर्ण सामुदायिक वन तथा राष्ट्यि वनको क्षेत्रको संकेत

सम्बन्धित् समाचार