वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले आगलागी पिडित व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । सोमबार संघले बाणगंगा नगरपालिका- ९ चौवाका व्यवसायी दयाशंकर गुप्तालाई राहात स्वरुप नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष गणेश बहादुर क्षेत्रीले वैखरीलाई जानकारी दिए ।
यही फागुन १७ गते विहान गुप्ताले संचालन गर्दै आएको न्यु प्रमोद किराना पसलमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट झन्डै पाँच लाख बराबरको क्षति भएको संचालक गुप्ताले बताएका छन् ।
गुप्ताले आर्थिक सहयोगका लागी संघमा निवेदन दिएको र बैठक बसि आवश्यक निर्णय गरेर नै आर्थिक सहयोग दिईएको संघका अध्यक्ष क्षेत्रीले बताए । यस सहयोगबाट व्यवसायीको हरेक दुःखमा मलम लगाउन संघ सदैव तयार छ भन्ने सन्देश प्रवाह हुने उनले विश्वास समेत व्यक्त गरे । अध्यक्ष क्षेत्रीले अन्य निकायमा समेत राहतका लागी आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
उक्त सहयोग कार्यक्रममा संघका वर्तमान र पूर्वपदाधिकारीहरुको सहभागिता रहेको थियो ।








