गृहपृष्ठ खबर बाणगंगा : आधारभूत तहतर्फको नगरस्तरिय वक्तृत्वकला प्रतियोगितामा स्मृति बेल्बासे प्रथम

बाणगंगा : आधारभूत तहतर्फको नगरस्तरिय वक्तृत्वकला प्रतियोगितामा स्मृति बेल्बासे प्रथम

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका स्तरिय आधारभूत तहतर्फको वक्तृत्वकला प्रतियोगिताको उपाधि स्मृति बेल्बासेले हात पारेकी छिन् । उनी श्री बाणगंगा मावि गजेहडामा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् ।

उक्त प्रतियोगिता मंगलबार बाणगंगा नगरपालिकाको आयोजना र वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा भएको हो ।

यस्तै ज्ञानपुञ्ज ईग्लिस बोर्डिङ् स्कुलकी कक्षा ६ मा अध्ययनरत छात्रा मेन्टिसा बेल्बासे द्धितीय, होराईजन ईग्लिस बोर्डिङ् स्कुलकी कक्षा ८ मा अध्ययनरत छात्रा परिसा गौतम तृतीय र कपिलवस्तु विद्या मन्दिरकी कक्षा ७ मा अध्ययनरत छात्रा श्रद्धा घिमिरेले सान्त्वना स्थान हासिल गरेकी छिन् । विजेताहरुलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा सिद्धार्थ क्याम्पसका प्रध्यापक रमेश पौडेल र जनता मावि पिपराका शिक्षक राम प्रसाद अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

“नैतिक शिक्षा परिपालनमा घरपरिवारको भूमिका” विषयक उक्त वक्तृत्वकला प्रतियोगिता श्री बाल मावि बैरियामा भएको हो ।

सम्बन्धित् समाचार