गृहपृष्ठ Featured अर्घाखाँचीको शितगंगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

अर्घाखाँचीको शितगंगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

अर्घाखाँची ।

जिल्लाको शितगंगा नगरपालिका- २ सिमलचौरमा माटोको ढिस्कोले पुरिएर ४० वर्षीया शारदा अधिकारीको मृत्यु भएको छ । सँगै माटो खनेकी ३५ वर्षीया राधा अधिकारी गम्भीर घाइते भएकी छन् ।

घर लिपपोत गर्ने माटो निकाल्नेक्रममा आइतबार दिउँसो माथिबाट ढिस्को खसेर पुरिँदा गम्भीर घाइते शारदाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बताए ।

घाइते राधालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । राधा र शारदा छिमेकी हुन् ।

सम्बन्धित् समाचार