पाल्पा ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले भरुवा बन्दुकसहित ४६ वर्षीय लीलाबहादुर खत्रीलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
रैनादेवी छहरा गाउँपालिका–४, ठुलीपँधेरा बस्ने खत्रीलाई अवैध रुपमा एक नाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
बन्दुकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण भेगमा अझै पनि भरुवा बन्दुक घरघरमै रहेका छन् । जंगली जनावरको सिकार गर्न ती बन्दुक प्रयोग हुने गरेको स्थानीयले बताए ।








