गृहपृष्ठ Featured प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप : आज मछिन्द्र एफसी र हनामी बीएफसी भिड्दै

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप : आज मछिन्द्र एफसी र हनामी बीएफसी भिड्दै

वैखरी अनलाईन, बाणगंगा ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको दोस्रो दिन मछिन्द्र एफसी र हनामी बीएफसी चितवन भिड्दै छन् । मछिन्द्र र हनामी सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गर्न आज आईतबार भिड्न लागेका हुन् ।

खेल कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा दिउँसो ४ बजेदेखि खेल सुरु हुने गोल्डकपको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

थ्री स्टार क्लव शनिबार नै कपिलवस्तु- ११ लाई हराउँदै सेमिफाईनलमा प्रवेश गरिसकेको छ । थ्री स्टारले ३–० गोल अन्तरले कपिलवस्तुलाई पराजित गरेको थियो ।

गोल्डकपको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित् समाचार