काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित विशाल जित निकाल्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो।
कोलकाताका सुनील नारिनले सर्वाधिक ८५ रन बनाए। यस्तै अंगकृष रघुवंशीले ५४, आन्द्रे रसेलले ४१, रिन्कु सिंहले २६, बनाए। फिल साल्ट र श्रेयस य्यरले समान १८–१८ रन बनाए।
दिल्लीका लागि अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। यस्तै इशान्त शर्माले २ विकेट लिए भने खलील अहमद र मिचेल मार्शले समान १(१ विकेट लिए।
२७३ रनको विशाल लक्ष सहित मैदानमा ओर्लिएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो।
दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टुबसले ५४ रन बनाए। डेबिड वार्नरले १८ र पृथ्वी शाहले १० रन मात्रै बनाए । कोलकत्ताका लागि वरुण चक्रवर्ती र वैभव अरोराले समान ३-३ विकेट लिए। यस्तै मिचेल स्टार्कले २ विकेट लिए भने आन्द्रे रशल र सुनिल नरिनले समान १-१ विकेट लिए।
खेलसँगै केकेआर ६ अंकसहित लिगको पहिलो स्थानमा उक्लिएको छ भने समान अंकसहित राजस्थान नेट रनरेटको आधारमा दोश्रो स्थानमा छ ।








