गृहपृष्ठ Featured समय सापेक्ष वडाबासीको चाहनाअनुसार नि:शुल्क शिविर गर्छौ : वडा अध्यक्ष टण्डन

समय सापेक्ष वडाबासीको चाहनाअनुसार नि:शुल्क शिविर गर्छौ : वडा अध्यक्ष टण्डन

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.६ ले नि:शुल्क छाला रोग तथा कुष्ठ रोग शिविर सम्पन्न गरेको छ । वडाले आयोजना गरेको उक्त स्वास्थ्य शिविर नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शुक्रबार सम्पन्न भएको हो ।

स्वास्थ्य शिविर संचालन अन्तर्गत गरिएको छाला रोग तथा कुष्ठरोग खोजपड्ताल शिविरबाट २ सय जना बढी सेवाग्राहीहरु लाभान्वित भएका वडा सचिव पुष्कर भुसालले वैखरीलाई जानकारी दिए । उनका अनुसार वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले शिविर अगावै घरभेट कार्यक्रममार्फत छालामा समस्या देखिएका वडावासीहरुको अवस्था बुझेका थिए ।

सो क्रममा छालामा समस्या देखिएका वडावासीहरुलाई शुक्रबार भएको शिविरमा विशेष रुपमा उपस्थित गराई उपचार गरिएको वडा सचिव भुसालले बताए । सेवाग्राहीहरुलाई आवश्यक परामर्शसहित औषधीको समेत व्यवस्था मिलाईएको उनले बताए ।

वडाध्यक्ष करुण टण्डनले वडावासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै वडाले शिविर आयोजना गरेको बताए ।  उनले स्वास्थ्य क्षेत्रलाई वडाले प्राथमिकताका साथ हेरेको बताए । स्थानीय स्तरमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरि शिविर आयोजना गरिएको बताउँदै उनले शिविर फलदायी सावित भएको दाबी गरे ।

उनले समय सापेक्ष वडाबासीको चहाना अनुसार निशुल्क शिविर गर्ने उनले बताए ।

विभिन्न महंगो अस्पतालमा गएका औषधी उपचार गराउन नसक्नेलाई समस्याको जाँच गरि औषधी उपलब्ध गराईएको उनले बताए । वडाध्यक्ष टण्डनले आगामी दिनमा पनि विभिन्न निकायसंग सहकार्य गर्दै स्वास्थ्य क्षेत्रसंग सम्बन्धि विभिन्न कार्यक्रम गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

उनले शिविरमा अत्यन्त विपन्न समुदायका महिला वृद्धवृद्धाहरु समेत पहिलो पटक उपचारका लागि आएका बताए । शिविर सञ्चालन हुँदा बिरामीले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका सास्तीबाट मुक्त भएको उनको भनाई छ ।

उनले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन भएकाले सबै आफ्नो स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको बताए । आर्थिक अवस्था कमजोर भएर औषधी उपचारबाट बञ्चित हुने घरपरिवारलाई स्वास्थ्यको पहुँचमा ल्याउन यस्ता शिविर महत्वपुर्ण सावित हुने उनले बताए ।

विरामीहरुलाई डा.तेजेन्द्र प्रसाद चौधरी, जनस्वास्थ्य निरिक्षक हिमलाल घिमिरे, जनस्वास्थ्य निरीक्षक राजु सुनारी, सि.अ.हे.ब पुष्पा पौडेल घिमिरे, हे.अ. भक्तिराम पाण्डेले चेकजाँच गरेका थिए ।

सम्बन्धित् समाचार