वीरेन्द्रनगर ।
डोल्पामा आगलागीमा परेका एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० वर्षका सूलज बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए । उनको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा शुक्रबार बिहान मृत्यु भएको हो ।
बिहीबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका थिए ।
गाउँनजिकैको वनमा लागेको आगलागीमा परेर एउटै घरका दाजुभाइसहित तीन बालबालिका घाइते भएका थिए । घाइते दुइ जनालाई नेपाली सेनाकको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको डीएसपी केसीले बताए ।
वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरू आगलागीमा परेका थिए ।








