सुर्खेत ।
रुकुम पश्चिम आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेको प्रहरीले जनाएको छ ।
घर नजिकैको भड्नीगारे सामुदायिक वनमा लागेको आगो घरमा पस्दा बुदीको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले जानकारी दिए ।








