गृहपृष्ठ Featured बाणगंगामा बिद्युत सर्ट भई आगलागी हुदा ३ घर जलेर नष्ट, लाखौको क्षती

बाणगंगामा बिद्युत सर्ट भई आगलागी हुदा ३ घर जलेर नष्ट, लाखौको क्षती

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगामा आगलागीबाट ३ घर र एउटा कृषी फम जलेर नष्ट भएको छ ।

आज सोमबार बिहान बाणगंगा ८ पुलचोकमा करिव साढे १० बजे बिद्युत सर्ट भई आगलागी हुदा ३ घर र एउटा कृषी फर्म जलेर नष्ट भएका हुन ।

जसमा कृषी फर्ममा रहेका ९ वटा बंगुर समेत मरेका छन । आगलागीबाट करिव १६ लाख बढिको क्षती भएको बताइएको छ । जिल्लाको बाणगंगा, शिवराज र कपिलवस्तु नगरपालिकाका ३ दमकल र स्थानियको सहयोगमा करिव डेढ घण्टापछि आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझिले वैखरी अनलाइनलाई जानकारी दिए ।

 

स्थानिय केशव बहादुर थापा, बाल कुमारी सुनार र दुध बहादुर चौधरीको घर जलेको हो भने डिल बहादुर थापाको कृषी फर्म जलेको हो ।

सम्बन्धित् समाचार