वैखरी अनलाईन, बाणगंगा ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्य रहेका शिक्षक र कर्मचारीलाई पदबाट हटाउने तयारी गरेपछि बाणगंगा नगरपालिका ९ मा अवस्थित एक विद्यलायका शिक्षकले राजनीतिक दलको सदस्य परित्याग गरेका छन् । शिक्षक नवराज बेल्वासेले नेकपा माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका हुन् ।
उनी नेकपा माओवादी केन्द्र वडा नं.९ को वडा कमिटि सह-सचिव थिए ।
यस्तो छ बेल्वासेको राजिनामा पत्र :

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको र महाधिवेशन प्रतिनिधि भएको जस्ता उजुरी आएपछि शिक्षा मन्त्रालयले दलमा सक्रिय शिक्षक र कर्मचारीलाई कारबाही गर्ने तयारीमा छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले गत वैशाख ४ गते दलका कार्यकारिणी समिति सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने मन्त्रीस्तरीय निर्णय गरेकी थिइन्।
सोको जानकारी मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाएको थियो। केन्द्रले मन्त्रालयको निर्देशनलाई ७७ जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको छ।
यस्तो छ पत्र:









