गृहपृष्ठ Featured लुम्बिनीमा मन्त्रालय बढाएपछि कांग्रेसको विरोध

लुम्बिनीमा मन्त्रालय बढाएपछि कांग्रेसको विरोध

लुम्बिनी प्रदेशमा मन्त्रालय बढाइएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिले आर्थिक संकटका बेला प्रदेशलाई थप आर्थिक भार पार्ने गरी मन्त्रालय बढाइएकोप्रति विरोध जनाएको हो। साथै वर्तमान सरकारको यो गलत कदमका विरुद्ध अभियान चलाउने कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए।

‘मुलुकमा व्याप्त आर्थिक संकटका बेला प्रदेशको थप आर्थिक व्यवभार बढाउन अहिलेको सरकार नेतृत्वकर्ताबाट जसरी मन्त्रालय बढाउने काम भएको छ, यो ज्यादै गलत काम भएको छ,’ सभापति पुनले भने, ‘कांग्रेस यो गलत कदमको विरोधमा छ। यसको विरोधमा कांग्रेस उत्रनेछ।’

जोखबहादुर महरा नेतृत्वको वर्तमान सरकार ११ सदस्यीय बनेको छ। जबकि यसअघिका एमालेका लीला गिरी नेतृत्वको सरकार र कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार १० सदस्यीय थिए।

कांग्रेसको दुर्ई दिनसम्म कपिलवस्तुमा चलेको प्रदेश क्षेत्रीय समितिका सभापतिहरूको भेलाले मन्त्रालय संख्या बढाइएकोप्रति आपत्ति जनाउँदै यो गलत कदमका बारेमा तल्लो तहसम्मका नागरिकहरूलाई समेत जानकारी दिने गरी कार्यक्रम बनाइने निर्णय समेत गरेको छ।

सम्बन्धित् समाचार