गृहपृष्ठ Featured मुम्बईलाई हराएर लखनउ तेस्रोमा

मुम्बईलाई हराएर लखनउ तेस्रोमा

लखनउ सुपर जायन्ट्सले आईपीएल २०२४ मा मंगलबार मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । दसौं खेलमा लखनउको १२ अंक भएको छ ।

हारले मुम्बईको स्थिति अझ खराब भएको छ र छ अंकमा नवौं स्थानमा रह्यो ।

पहिले ब्याटिङ गर्दै मुम्बईले सात विकेटमा १ सय ४४ रन बनायो । त्यसमा नेहल वाधेराले सर्वाधिक ४६ रन बनाए ।

जवाफमा लखनउले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

‘प्लेयर अफ द म्याच’ मार्कस स्टोइनसले ४५ बलमा ६२ रन बनाएर जितको आधार खडा गरे । उनले सात चौका र दुई छक्का प्रहार गरे ।

सम्बन्धित् समाचार