नबिन भुसाल ।
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । कपिलवस्तुको बाणगंगामा जौँ को सातु र सर्वत खाएर यो पर्व मनाएका छन् । सो अवसरमा बाणगंगा नगरपालिका- ९ मा अवस्थित धार्मिक, ऐतिहासिक एवम् पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा संचालित कपिलमुनि बौद्धिक संस्कृत बिधा पिठ गुरुकुलका बटुक र स्थानिय महिलाहरुले बाटोमा हिड्ने सर्बसाधारणलाइ सातु र सर्बत पानी खुवाएका थिए ।

यस पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । सोही अनुुुसार आफुले सातु र सर्वत खुवाएको उनीहरुको भनाई छ ।
आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ ।
यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।








