बुटवल ।
जनता समाजवादी पार्टी नेपालका लुम्बिनीबाट निर्वाचित दुई प्रदेश सभा सदस्य अशोक राई नेतृत्वको नयाँ पार्टी जनता समाजवादीमा खुलेका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. २ को (१) र (२) बाट निर्वाचित भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल जसपामा खुलेका हुन् । अहिर २ (१) बाट र अग्रवाल २ (२) बाट निर्वाचित हुन् । दुवै जनालई आइतवार प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर जसपामा प्रदेश गरेको सनाखत गरेका हुन् ।
लुम्बिनीबाट जसपा नेपालका ३ प्रदेश सभा सदस्य थिए । बाँकेबाटै समानुपातिक तर्फ निर्वाचित अम्बिका काफ्लेले भने आफु जसपा नेपालमै रहेको बताईन् । नयाँ सत्तासमिकरण अनुसार उनी जसपा नेपालको तर्फबाट मन्त्री बन्ने गरी जसपालाई २ मन्त्री दिने सहमति भएको थियो । तर, जसपाले १ मन्त्री मात्र पाएपछि जसपा नेपालमा आन्तरिक विवाद बढेको थियो ।
पहिलो चरणमै कृषी तथा भुमी व्यवस्था मन्त्री बनेका अहिरले आन्तरिक विवादकै कारण जिम्मेवारी पाएको तीन दिनमै मन्त्रीबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन ।
केन्द्रमा जसपा नेपाल विभाजन भएकै दिन अहिले राजीनामा दिएको १५ दिनपछि मन्त्रीमा फर्केर काम सुरु गरेका थिए । उनी मन्त्रीमा फर्केकै दिन राई नेतृत्वको जसपामा लागेको आशंका भएपनि उनले अर्का प्रदेश सभा सदस्य अग्रवाललाईसमेत आइतवार निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जसपाका संस्थापक केन्द्रीय सदस्य मनिकर कार्कीले बताए ।








