कपिलवस्तु ।
कपिलवस्तुमा मोटरसाईकल दुर्घटनामा हुँदा एक महिलाको मृत्युु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका ५ कटुवामा मोटरसाइकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा नम्बर ५ कटुवाकी ६४ वर्षीय सिरिताजी पासी रहेकी छन् । युपी ४७ एन ०३२७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार हुलाकी सडक हुँदै पिपरीतिर जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकलले पासीलाई ठक्कर दिँदा घाइते भएकी थिइन् । पासीको संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।








