वैखरी अनलाईन, बाणगंगा ।
अत्यधिक गर्मीले विद्यालयमा पठनपाठनका क्रियाकलाप संचालन गर्न कठिनाई भएको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिकाले पालिका भित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने जनाएको छ ।
जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिने प्रमुख प्रशासकिय अधिकृत युवराज परियारले बताए । उनले बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
उनले गर्मी बढ्दै गएमा बिदाको समय लम्ब्याइने सक्ने बताए । कपिलवस्तुमा अत्याधिक गर्मीले दिउँसो सडक सुनसान जस्तो छ । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म तातो हावा र उम्सोले जनजीवन प्रभावित भएको छ ।








