गृहपृष्ठ Featured वडावासीका आवश्यकता सुन्दै योजना निर्माणमा व्यस्त ‘वडाध्यक्ष पोख्रेल’

वडावासीका आवश्यकता सुन्दै योजना निर्माणमा व्यस्त ‘वडाध्यक्ष पोख्रेल’

वैखरी अनलाईन, बाणगंगा ।

यतिबेला बाणगंगा नगरपालिका वडा नं.१० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल वडावासीका आवश्यकता सुन्दै योजना निर्माणमा व्यस्त छन् । वडावासीले भोग्दै आएका समस्या र तिनीहरुको समाधानको उपायको खोजी गर्दै अहिले योजना तर्जुमा गर्नतर्फ आफु व्यस्त रहेको वडाध्यक्ष पोख्रेलले बताएका छन् ।

भौगोलिक क्षेत्रफलका दृष्टिले बाणगंगा नगरपालिकाकै सबैभन्दा ठूलो वडाका रुपमा रहेको वडा नं.१० लाई विकासको मूल प्रवाहमा ल्याउने गरि योजना बनाउने काम गरिरहेको उनले बताए । उनले विगतका बर्षहरुभन्दा अहिले वडावासीको जीवनस्तरमा तुलनात्मक रुपमा सुधार आएको बताए । वडालाई कृषि तथा पशुपालकको हवका रुपमा विकास गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

उनले आगामी आवमा सडक पुर्वाधारलाई निरन्तरता दिर्दै कृषिलाई प्राथमिकता दिने बताए । मुख्यतः सिंचाईको असुविधाले चिन्तित बनेका वडाका कृषकलाई राहात दिने गरि वडा लागेको बताउँदै उनले भने, ‘आवश्यक बजेटका लागी नगरसंगै प्रदेश र केन्द्रमै पहल गरिरहेको छु ।’

उनले वडाले प्रवाह गर्ने सेवा सुविधा छिटोेछरितो बन्दै गएको बताए । उनले स्थानीय जनताहरुका समस्या समाधान गर्न २४ घण्टै खटिरहेको सुनाए । उनले आगामी आवमा स्थानीयका माग, सल्लाह र सुझावलाई आत्मासाथ गरेर निति तथा कार्यक्रम आउने तयारी अन्तिम चरणमा पुगेको सुनाए ।

सम्बन्धित् समाचार