किरणमान बज्राचार्य
कपिलवस्तु ।
साहित्यकार भवानी भिक्षुको ११५ औ जन्म जयन्ती उनकै गृह जिल्ला कपिलवस्तुमा बिविध कार्यक्रम गरी मनाईएको छ । नव कपिलवस्तु साहित्यिक समाजको अयोजनामा तौलिहवामा बिभिन्न कार्यक्रम गरिएका छन । मधेस समुदायका भए पनि उनले मदन र साझा पुरस्कार जितेका थिए ।
तौलिहवा स्थित भिक्षु टोलमा रहेको भवानी प्रसाद गुप्ता ‘ भवनी भिक्षु ’ को शालीकमा साहित्यकारहरुले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उनको लेखका कृत्रिहरुका बारे चर्चा गरिएको थियो । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले मधेसी भएर पनि नेपाली साहित्यमा उत्कृष्ठ भिक्षुले अतुलनीय योगदान दिएको बताए । ‘ भिक्षुले लखेका कृत्तिहरु अझै पनि जीवन्त रहेका छन्, उनले भने ’ नेपाली साहित्यमा ठुलो गुन लगाउनु भएको छ् ’ ।
आगत,अवान्तर, मैया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कबिता, निबन्ध, लेख लखेका उनले पात्रको मनोदशाको चित्रण, मनोबिज्ञान लगातका बिषय भल्किन्छ । कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, बरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य साहित्यकार सकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताए ।
साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार शर्मालाई नव कपिललस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी बरिष्ठ साहित्यकार पावती शर्मालाई प्रदान गरिएको छ । कम्तीमा ३ वटा कृत्रि प्रकाशित गरेका साहित्यकारलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदन्ड छ । चार कृति प्रकाशित गरेकी शर्मालाई कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोगमा भिक्षु जयन्तीको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो । वडाध्यक्ष प्रकाश गैरेले दोसल्ला ओढाई साहित्यकार शर्मालाई ११ हजार १११ नगद र ताम्रपत्र प्रदान गरेका थिए । साहित्यकार शर्माले ज्योति कथा संग्रह, मुटु नभएकी आमा आत्मबृतान्त मसानघाटको प्रेरणा झ्याउरे कथा संग्रह र अचर्ना उपन्यास प्रकाशित गरेकी छिन ।








