गृहपृष्ठ Featured भिक्षु जयन्तीका अवसरमा ‘बसेरा’ कथा संग्रह बिमोचन

भिक्षु जयन्तीका अवसरमा ‘बसेरा’ कथा संग्रह बिमोचन

साहित्यकार भवानी भिक्षुको ११५ औ जन्म जयन्तीका अवसरमा बरिष्ठ साहित्यकार हरिराज शर्मा हराशद्धरा रचित ‘ बसेरा ’ कथा संग्रह बिमोचन गरिएको छ । सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोगमा नव साहित्यिक सामाजले राखेको कार्यक्रममा सो कृति बिमोचन गरिएको हो ।

वडाध्यक्ष प्रकाश गैरे,बरिष्ठ साहित्यकार रिषिकेश भारद्धाज, कमला श्रेष्ठ, पशुपतिमणि त्रिपाठी लगायतले सो कृति बिमोचन गरेका हुन । बरिष्ठ साहित्यकार शर्माको यो १९ औ कृति हो । कबिताको राम अचल यादवले समालोचना गरको थिए ।

कार्यक्रममा साहित्यकार राघवेन्द्र श्रीवास्तव, खिमानन्द पोख्रेल, मोहन ज्ञवाली, सकुन्ताला पौडेल, बासुदेव चौधरी, बलीउद्दीन मुसलमान, अमित कुमार पाण्डेय लगायतले आ आफनो रचना बाचन गरेका थिए ।

कार्यक्रम नव साहित्यक समाजका अध्यक्ष पशुपति मणि त्रिपाठीको अध्यक्षता श्याम प्रकाशलाल श्रीवास्तवको स्वागत र अन्जन सिग्देलको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार