गृहपृष्ठ Featured मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको घोषणा

मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको घोषणा

भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा फेरि एकपटक नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भाजपाले चुनावमा दुई सय ४० सीट जितेको छ र आफ्ना सहयोगी दलसँग मिलेर बहुमतको अङ्क कटाएको छ ।

भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य शुरु भएको छ । मोदीले हिजो प्रधानमन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ । अब नवनिर्वाचित सांसदको शपथग्रहण हुनेछ र संसदबाट सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ ।

सत्तागठबन्धनको बैठकले भोलि एनडीएसम्बद्ध सांसद्को बैठक बोलाउने सहमति गरेको छ । त्यसपछि सरकार गठनका लागि राष्ट्रपतिसँग दाबी प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्बन्धित् समाचार