गृहपृष्ठ Featured एमाले रूपन्देहीका सबै पद सर्वसम्मत चयन

एमाले रूपन्देहीका सबै पद सर्वसम्मत चयन

रूपन्देही ।

नेकपा एमाले रुपन्देहीको १० औं अधिवेशनबाट सबै पद सर्वसम्मत चयन भएको छ । मुख्य नेताहरूबीच बिहीबार नै अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत गर्ने सहमति भएपनि केही आकांक्षी नेताहरूले दिएको उम्मेदवारी शुक्रबार दिउँसोसम्म फिर्ता नलिएपछि ढिलाई भएको थियो ।

अधिवेशनबाट अध्यक्षमा यज्ञ गैरेसहित सबै पदमा सर्सम्मत भएको अध्यक्ष मण्डलका संयोजक दलबहादुर रानाले बताए । यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष तेजेन्द्र केसीले बिहीबार राति फिर्ता लिएपनि अर्का खेम लुईटेलले शुक्रबार दिउँसो साढे २ बजे मात्रै फिर्ता लिएसँगै गैरे निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव खुल्लामा बाबुराम पन्थी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए भने महिला उपसचिवमा ३ जना प्रतिस्पर्धीले मैदान खालि गरिदिएपछि सुनिता ठठेटेर सर्वसम्मत भएकी छन् ।

पदाधिकारीसहित १५१ सदस्य निर्विरोध भएको रानाले बताए ।

सम्बन्धित् समाचार