गृहपृष्ठ Featured ८२५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री श्रेष्ठ

८२५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतीकरणको अन्त्य शुरु भएको भन्दै ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन् । मन्त्री भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दैउनले अहिलेसम्म ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्यांक सार्वजनिक गरिन् ।

उनले आफू मन्त्री भएपछि ४५ शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जनासँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको जानकारी दिइन् । त्यस्तै २० शिक्षकले राजीनामा दिएको उनले बताइन् ।
मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता जनाएकी छन् । उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने सुनाइन् ।

यस क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि शुरुवात भएको उनले उल्लेख गरिन् । शिक्षामन्त्री श्रेष्ठले सरकारले मात्रै गर्नेभन्दा पनि सबैको सहयोग आवश्यक रहेको बताइन् ।

उनले सबैको साथ र सहयोग भएमात्रै यो एजेण्डाले सार्थकता पाउनसक्ने बताइन् ।

सम्बन्धित् समाचार