गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा वर्षासँगै परेको चट्याङले २ जनाको मृत्यु

कपिलवस्तुमा वर्षासँगै परेको चट्याङले २ जनाको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

वर्षासँगै परेको चट्याङले कपिलवस्तुमा २ जनाको मृत्यु भएको छ ।

बुधबार बिहानै खेतमा काम गर्न जादाँ चट्याङ लागेर २ युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताए ।

मृत्यु हुनेहरुमा यशोधरा गाउँपालिका ६ भैसाहिया २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ बर्षीय राजु ठाकुर रहेका छन् ।

दुवै जनाको शव पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार