गृहपृष्ठ Featured दाङमा अटोबाट खस्दा एक यात्रुको मृत्यु

दाङमा अटोबाट खस्दा एक यात्रुको मृत्यु

रुपन्देही ।

दाङमा अटोबाट खस्दा एक यात्रुको मृत्यु भएको छ ।

खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडिरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।

खैराबाट कोठरीतर्फ जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार