गृहपृष्ठ Featured ‘सरकारको कमजोरीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएन’

‘सरकारको कमजोरीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएन’

बुटवल ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याबारे अध्ययन गर्न गठित उपसमितिले सरोकारवालासँग छलफल गरेको छ ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमितिले विमानस्थलको स्थलगत निरीक्षणपछि रुपन्देहीका जनप्रतिनिधि र निजी क्षेत्रसँग छलफल गरेको हो ।

छलफलमा बोल्दै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको कमजोरीका कारण विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । प्राविधिक हिसाबले मात्र अन्तर्राष्ट्रिय उडान नभएको भन्ने भनाइ सत्य नभएको भन्दै सरकारको प्राथमिकता नभएर नचलेको पौडेलले बताए ।

पौडेलले भारतबाट एयर रुट पाउनुपर्ने भन्दै यसमा भारतले सहयोग गर्नुपर्ने बताए । बौद्धमार्गीको तीर्थस्थल लुम्बिनीमा बर्सेनि लाखौं पर्यटक विदेशबाट भित्र्याउने उद्देश्यले बनाइएको विमानस्थलको अहिलेको टर्मिनल भवन अन्तर्राष्ट्रियस्तरको नभएकाले अर्को बनाउनुपर्ने र हालकोलाई आन्तरिक बनाउनुपर्ने पौडेलले सुझाए ।

सम्बन्धित् समाचार