वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ बोडगाउँबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराका अनुसार सोमबार २१ बर्षीय नविन बेल्बासे २ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
साथै प्रहरीले उनको साथबाट नगद ६ हजार रुपैयाँ र एउटा मोवाईल बरामद गरेको छ ।
उनीमाथि आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।








