कपिलवस्तु ।
जिल्लाको शिवराज नगरपालिका–९ बानियाभारमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सवारी चालक स्थानीय २२ बर्षीय सन्तोष बिक रहेका छन् । दुर्घटनामा परी गम्भिर घाइते भएका विकको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
यसैगरी, दुर्घटनामा घाइते हेमराज बुढामगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।








