गृहपृष्ठ Featured असार मसान्तको नाममा व्यवसायीलाई अनावश्यक दबाब नदिन आग्रह

असार मसान्तको नाममा व्यवसायीलाई अनावश्यक दबाब नदिन आग्रह

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघले असार मसान्तको नाममा व्यवसायीहरुलाई अनावश्यक दबाब नदिन बैँक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । व्यवसायीहरु धराशाही भएको विषम परिस्थितिमा असार मसान्त÷वार्षिक अयिकष्लन को नाममा बैँक तथा वित्तिय संस्थाहरुले अनावश्यक दबाब दिने, घर परिवारका सदस्यहरु समेतलाई हैरानी गर्ने कार्यहरु गरेको संघको ठहर छ । संघले सकेसम्म ऋणीपक्षले भुक्तानीको लागी गरेको प्रतिवद्धताका आधारमा कर्जा नविकरण तथा समय थप गरि सहज रुपमा व्यवसाय सञ्चालन गर्न र कर्जा भुक्तानीका लागी वातावरण बनाउन बैँक तथा वित्तिय संस्थाहरुलाई सो विज्ञप्तीमार्पmत ध्यानाकर्षण गराएको छ ।

‘विगत पाँच वर्ष देखि कहिले कोरोना कहरले त कहिले देशमा चलेको आर्थिक मन्दीका कारण आम उद्योगी व्यवसायीहरुले आफ्नाव् यवसायहरु पूर्ण रुपमा सञ्चालन गर्न सकिरहेका छैनन् । यसबीच केहि व्यवसायीहरुले जनतन बैँक तथा वित्तिय संस्थाको व्याज र साँवा किस्ता बुझाउन सफल भएता पनी अधिकाँश व्यवसायीहरु आफ्नो व्यवसायवाट प्लायन हुने अवस्थावाट गुज्रिरहेका छन् । यसबीच व्यवसायीहरुलाई आफ्ना व्यवसायहरु सहज रुपमा सञ्चालन गराउन पहल गराउनुको साटो उल्टै व्याजदर वृद्धि गरि व्यवसायीहरुको ढाड सेक्ने काम भएको छ ।

 

यस्तो विकराल अवस्थामा देशको अर्थतन्त्र तथा व्यवसायिक क्षेत्रमा अभैm पनि सुधार हुन नसकेकाले बैँक तथा वित्तिय संस्थाको लगानीबाट व्यवसाय गर्ने अधिकाँशको व्याज र किस्ता नियमित गर्ने अवस्था छैन् । यो विषम परिस्थितिमा असार मसान्त÷वार्षिक अयिकष्लन को नाममा बैँक तथा वित्तिय संस्थाहरुले अनावश्यक दबाब दिने, घर परिवारका सदस्यहरु समेतलाई हैरानी गर्ने कार्यहरु नगर्न र सकेसम्म ऋणीपक्षले भुक्तानीको लागी गरेको प्रतिवद्धताका आधारमा कर्जा नविकरण तथा समय थप गरि सहज रुपमा व्यवसाय सञ्चालन गर्ने साथै कर्जा भुक्तानीका लागी वातावरण बनाउनु हुन सम्पुर्ण बैँक तथा वित्तिय संस्थाहरुलाई यसै विज्ञप्तीमार्पmत ध्यानाकर्षण गराइएको छ ।,’ अध्यक्ष गणेश बहादुर क्षेत्री र महासचिव नवदत्त घिमिरेद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

सम्बन्धित् समाचार