गृहपृष्ठ Featured दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

देउखुरी ।

दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् ।

उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । बिहीबार बिहान करिब साढे ५ बजे जंगलमा च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो ।

सम्बन्धित् समाचार