गृहपृष्ठ Featured ओली सरकारमा कांग्रेसबाट प्रकाशमान पक्का !

ओली सरकारमा कांग्रेसबाट प्रकाशमान पक्का !

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सहभागी हुने भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका सिंहको नेतृत्वमा कांग्रेस नयाँ सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट उच्च स्रोतले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने बतायो । देउवाले बुधबार आफ्नो निवास बुढानीलकण्ठ पुगेका सिंहलाई पनि नेतृत्व गर्ने गरी सरकारमा पठाउने सङ्केत दिइसकेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा सिंहको समर्थनको बलमा देउवा दोस्रो चरणमा सहजै सभापतिमा दोहोरिएका थिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि सिंह कांग्रेसबाट नेतृत्व गरेर सरकार सहभागी हुन चाहेका थिए ।

पुस १० मा भत्किएको कांग्रेस–माओवादीसहितको गठबन्धन बिउँताउन भगीरथ प्रयत्न गरेका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्ड सरकारमा कांग्रेसबाट नेतृत्व गर्ने मौका पाए । प्रचण्डले नै खड्कालाई पठाइदिन आग्रह गरेपछि सिंह रोकिएका थिए ।

सम्बन्धित् समाचार