गृहपृष्ठ Featured सीमलताल दुर्घटना अपडेट : बच्चाको सुरुवाल र झ्यालको पर्दा भेटियो

सीमलताल दुर्घटना अपडेट : बच्चाको सुरुवाल र झ्यालको पर्दा भेटियो

चितवन ।

सीमलताल पहिरोमा परि त्रिशूली नदीमा डुबेको दुई बस र यात्रुको खोजीमा खटिएका उद्दार टोलीले आजको उद्धार रोकेका छन् ।

उद्धार कार्यमा साँझ र रातीमा काम गर्न नसक्ने भएपछि उद्दार कार्य आजलाई रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार आज दिनभर उद्दारमा संलग्न टोलीले वीरगञ्जको एङ्जल गाडीको झ्यालको पर्दा र १० वर्षको उमेरको बच्चाको ट्र्याक सुट भेटेको छ । कपडा भेटिएको स्थानमा नै बस रहेको हुनसक्ने अनुमान पनि उद्दार टोलीले गरेको उनले जानकारी दिए ।

रातिमा पानीको तीव्र बहाबका कारण खोजीमा समस्या भएको उनको भनाइ छ ।

तस्बिर: जिप्रका, चितवन

सम्बन्धित् समाचार