गृहपृष्ठ Featured संविधानको धारा ७६(२) अनुसारै नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई कानुनविद्को सुझाव

संविधानको धारा ७६(२) अनुसारै नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई कानुनविद्को सुझाव

नयाँ सरकार संविधानको धारा ७६(२) कि ७६(३) अनुसार भन्ने बहस भइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् । शीतलनिवासमा संवैधानिक कानुनका ज्ञाताहरूसँग राष्ट्रपतिले परामर्श गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

परामर्शमा पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

परमर्शमा सहभागी कानुनविद् नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठनका लागि कानुनसिवद्हरूले सुझाव दिएको बताए । उनले दुई ठूला पार्टीहरूले यही धाराअनुसार नयाँ सरकार बनाउने सहमति गरिसकेको अवस्थामा उपधारा ३ मा जान नहुने सुझाव आएको बताए ।

परामर्शमा सहभागी चन्द्रकान्त ज्ञवालीले भने उपधारा ३ अनुसार जानुपर्ने बताएका थिए । उनले यसअघि सार्वजनिक रूपमा पनि उपधारा ३ अनुसार नयाँ सरकार गठन हुनुपर्ने बताउँदै आएका थिए ।

सम्बन्धित् समाचार