गृहपृष्ठ Featured बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक डुबेर बेपत्ता

बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक डुबेर बेपत्ता

बुटवल ।

बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् ।

आइतबार दिउँसो चार बजेतिर दुई जना नुहाउन गएकामध्ये बुटवल उपमहानगरपालिका-१२ घर भएका अभिषेक पन्थी वेपत्ता भएका हुन् ।

पन्थी बुटवल-१३ सालघारीको एक्स आर्मी बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । विद्यालयको परीक्षा सकेर घर गएपछि उनीहरु नुहाउन भन्दै खोलातिर गएका विद्यालयका प्रिन्सिपल शंकरप्रसाद भट्राईले जानकारी दिए ।

पन्थीसँग गएका अर्का बालक भने सुरक्षितरुपमा घर फर्केर घटनाबारे जानकारी गराएका थिए । बुटवल १२ र १५ को सिमानामा पर्ने टान्सपोर्ट भिलेज नजिकैको दानव खोलामा हालै मात्र नदीजन्य पदार्थ उत्खनन्को क्रममा बनेको गहिरो खाडल ताल जस्तै बनेको र त्यहीं विद्यार्थी डुबेको स्थानीयको भनाइ छ ।

सम्बन्धित् समाचार