भैरहवा ।
भैरहवा भन्सार कार्यालयले सिद्धार्थनगर–९ (भैरहवा) कठौतियास्थित एक घर गोदाममा लुकाएर राखिएको अवस्थामा सुर्ती र चुरोट बरामद भएको छ।
भारतबाट भन्सार छलेर भित्राइएको सूचनाका आधारमा गोदाममा छापा मारेर आठ लाख ६० हजार रुपैयाँ बराबरको सुर्ती र चुरोट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए।
पछिल्लो समय भैरहवा भन्सार राजस्व छलीप्रति आक्रामक रूपमा उत्रिएको छ। कार्यालयले भन्सार छलेर भित्राउने सामग्रीहरू ठूलो परिमाणमा प्रायजसो बरामद गरिरहेको छ।








