गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा मोहर्रम पर्वको उल्लास [तस्बिरहरु]

कपिलवस्तुमा मोहर्रम पर्वको उल्लास [तस्बिरहरु]

मनोज पौडेल, कपिलवस्तु ।

मोहर्रम पर्व हिन्दु र मुस्लिम दुवै समुदायको सामुहिक पर्व बन्दै गएको छ ।

दुवै समुदायले मंगलबार घर अघि कागजको मन्दिर (तहाजिया बाबा) निकालेर बुधबार स्थानीय कर्वला (चिहान गाड्ने ठाउँ) मा सेलाइरहेका छन् । धार्मिक गुरु हजरते इमामे हुसेनको सम्झनामा मुस्लिम समुदायले उनको प्रतिकस्वरुप तहजिया बाबाको पूजाआजा गर्ने प्रचलन रहेको छ ।

धर्मगुरु पैगम्बर मोहम्मद शाहका छोरीको छोरा हजरते इमाम हुसेन न्यायका लागि लड्दा एक क्रूर शासकबाट मारिएपछि उनको संझनामा दुःखको पर्वका रुपमा मोहर्रम मनाउने मुस्लिम अगुवा अब्दुलरसिद खाँले बताए । हिन्दु धर्मावलम्बीले आफ्नो मनोकाक्षा पूरा भएपछि बाबालाई घर अघि निकालेर अर्को दिन सेलाउने प्रचलन छ ।

मोहर्रम पर्व धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भावको प्रतिक हुँदै गएपछि हिन्दु धर्मावलम्बी पनि तहजिया बाबा खरिद गर्न थालेपछि १० वर्षदेखि माग बढेको व्यापारी बताउँछन् । बजारमा यस वर्ष तीन सयदेखि ५० हजारसम्मका तहाजिया बिक्रीमा राखिएको थियो । जिल्लाको अर्को ठूलो सीमाबर्ती बजार कृष्णनगरमा पनि मोहर्रमको उल्लास बढेको छ । बाँसका स–साना टुक्रा जोडेर मन्दिरको आकारमा रंगीचंगी कागज लगाई टासेर तहजिया बाबालाई सजाएर बनाइन्छ ।

सम्बन्धित् समाचार