गृहपृष्ठ Featured भारतको उत्तर प्रदेशमा रेल दुर्घटना : ४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना : ४ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा रेल दूघर्टना भएको छ । राज्यको गोन्डामा बिहीबार दिउँसो साढे २ बजेतिर सो घटना भएको हो ।

गोरखपुर हुँदै चन्दीगढबाट असम गइरहेको डिब्रुुगढ एक्सप्रेसको ६ ओटा ठिब्ब लिकबाट झरेको थियो । यस घटनामा ४ जनाको मृत्यु भएको छ ।

अन्य २० जना घाइते भएको बताइएको छ । घटना गोरखपुर रेल खन्डको मोतीगञ्ज सीमामा भएको हो ।

दुघर्टनाका कारण यो रुट भएर गुड्ने ११ वटा रेल डाइभर्ट गरिएको छ भने दुई ओटा रद्द गरिएको छ । रेलभित्र फसेका यात्रीहरूलाई निकाल्ने प्रयास भइरहेको छ ।

सम्बन्धित् समाचार