देउखुरी ।
लुम्बिनी प्रदेशसभाकाे बैठक बस्ने भएको छ । प्रदेशसभाकाे चाैथाे अधिवेशनकाे २४ औँ बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा मुख्यमन्त्री जाेखबहादुर महराले विश्वासको मत लिने वा पदबाट राजीनामा दिनसक्ने सम्भावना रहेको पुनले बताए ।








